महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि !
काठमाडौँ। निबर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पिडित रोशनी शाहीको शरीरमा लागेको चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरेको फरेन्सिक जांचबाट रोशनीको अनुहार लगायत शरीरको विभिन्न भागमा लागेको चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको उच्च स्रोतले जानकारी दिएको छ। प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परिक्षण गराएको थियो।
स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको फरेन्सिक जांच प्रतिवेदन अस्पतालले प्रहरीलाई दिईसकेको छ। रोशनीमाथि बलात्कारको प्रयास आरोपमा सभामुख महरा असोज १९ गते बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए।
यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन।
रोशनीको फरेन्सिक जाँच