News

१७ औँ पटक अनशन बस्ने डा. केसीको चेतावनी !

१७ औँ पटक अनशन बस्ने डा. केसीको चेतावनी !

काठमाडौं।   चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले १७ औं अनशन बस्ने चेतावनी दिएका छन्।

उनले विगतमा आफूसँगको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन नगरिए भाइटिकाको भोलिपल्ट अर्थात् कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जबाट सोमबार अवकाश पाएका डा. केसीले पत्रकार सम्मेलन गर्दै आफूले अघि सारेका माग पूरा गर्न सरकारलाई कार्तिक ८ सम्मको समयसीमा दिएका छन्। उनले २०७५ साउन १० गते आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन नगरिए पुनः सत्याग्रह थाल्ने बताए।

यो समाचार आजको आजको नागरिक दैनिकमा प्रकाशित छ।  

डा. केसी १७ औँ पटक अनशन बस्ने

विशेष