News

राजपा सांसद साहद्वारा जनकपुर विमानस्थल तोडफोड

राजपा सांसद साहद्वारा जनकपुर विमानस्थल तोडफोड

धनुषा — राजपाका सांसद प्रमोद साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । उनले बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका हुन् ।

विमानस्थलको रन वेमा छाडा चौपाया, विशिष्ट कक्षमा फालिएको फोहर र बिरामी यात्रु बारे विमानस्थलका कर्मचारी र एयरलाइन्सलाई जानकारी गराउँदा बेवास्ता गरेपछि काउन्टरमा लातले हानेको सांसद साहले बताए। साहले लात हान्दा गर्दा काउन्टरको सिसा फुटेको छ।

सांसद साहले काउन्टरमा तोडफोड गरेपछि बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंह विशिष्ट कक्षमै पुगेर झगडा गरेका थिए। सिंहले विमानस्थल सुरक्षाकर्मी लगाएर सांसद साहलाई विमान चढ्न रोकेका थिए।

यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादव र मिनराज भण्डारीले लेखेका छन।  

 

विशेष