News

सभामुखले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ : गगन थापा

सभामुखले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ : गगन थापा

रुपन्देही । नेपाली कांग्रेसका नेता गगन थापाले संघीय ससंदका सभामुख कृष्ण बहादुर महरामाथिको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । रिपोर्टस क्लब प्रदेश ५ बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले सभामुखले पदबाट बाहिर रहेर निष्पक्ष छानविन गर्न सहयोग पुर्‍याउनुपर्ने बताए । महरामाथि जवरजस्ती करणी सम्बन्धी लागेको आरोपको निष्पक्ष छानविनका लागि महराले राजीनामा दिएर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

गम्भीर बिषय भएको हुँदा छानविन भई सत्यतथ्य कुरा सार्वजनिक हुनुपर्ने उनले बताए । निष्पक्ष अनुसन्धानका लागि सभामुखले महराले पदबाट राजीनामा दिई अनुसन्धानमा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।  उनले भने –‘कानुनभन्दा माथि कोही हुँदैनु, उनले भने, आम मानिस जस्तै महरामाथि पनि अनुसन्धान हुनुपर्छ।’

सभामुख महरालाई लागेको आरोप सुनेपछि आफूपनि स्तब्ध बनेको थापाले बताए। थापाले भने–‘प्रहरीले कसरी अनुसन्धानलाई अगाडी बढाउँछ भनेर जनताले हेरिरहेका छन्।

सभामुख महरा प्रकरण

विशेष