News

मंगलवारको दिन भुलेर पनि नगर्नुस यस्ता कामहरु !

मंगलवारको दिन भुलेर पनि नगर्नुस यस्ता कामहरु !

हिन्दु धर्म र परम्परा अनुसार हरेक दिन कुनै न कुनै देवी देवता र ग्रहसंग सम्बन्धित रहेको हुन्छ।  जसको आफ्नै खालको बिशेष महत्व समेत रहेको छ।  यदि हरेक दिन हरेक भगवानलाई भक्ति भावका साथमा आराधना गर्न सकेको खण्डमा बिशेष लाभ मिल्ने विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ।  मंगलवारलाई मंगल ग्रहको दिन मानिन्छ त्यस्तै मंगलवारलाई संकटमोचन हनुमानको दिन पनि मान्ने गरिन्छ।  विभिन्न मान्यताका अनुसार यस दिन कुण्डलीमा बाधा पुग्ने खालको कुनै पनि काम गर्नु हुदैन।  जसले गर्दा मंगलवारको दिन कुनै पनि बिशेष कामको थालनी गर्ने गरिदैन। मंगलवारको दिन भुलेर पनि यस्ता काम गर्नाले जिवनमा नकारात्मकता त छाउछ नै यद्धपी आर्थिक समस्याहरु पनि झेल्नु पर्ने मान्यता रही आएको छ।  

मंगलवारको दिन भुलेर पनि यस्ता काम गर्दै नगर्नुहोस ,  

- मंगलवारको दिन आर्थिक कारोवारसम्बन्धी कुनै प्नि काम गर्नु हुदैन जसले धनहानी एवम  आर्थिक मन्दी देखिने सम्भावना रहन्छ। 

-   स्वाभावैले मंगलवार हनुमानको दिन हो त्यसैले यस दिन माछा मासु नखाई सात्विक रहनाले जीवनभर भगवानको कृपा रहने बिश्वास गरिन्छ।  

- मंगलवारको दिन दाह्री या कपाल काटेमा मंगलग्रहको दोष लाग्ने मान्यता रहेको छ।  

- मंगलवारको दिन नङ काट्नुलाई अशुभ मान्ने गरिन्छ।  यस दिन नङ काट्नाले जीवनमा विभिन्न समस्या देखिने छ।    

 

हनुमान

विशेष