News

सभामुख महरा प्रकरण : छलफलका लागि सचिवालय बैठक बोलाइयो

सभामुख महरा प्रकरण : छलफलका लागि सचिवालय बैठक बोलाइयो

काठमाडौं : यौन दुराचारको आरोप खेपिरहेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराका विषयमा छलफल गर्न मंगलबार बिहान ११ बजे सचिवालय बैडक बस्दै छ। महरामाथि लागेको गम्भीर आरोपका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्ने भएको छ।

यस विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफलसमेत भएको थियो। छलफलका क्रममा महराले आफूले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्ने संकेत दिएको बताएको छ।

दुई अध्यक्षको छलफलपछि अहिले बिहान ११ बजे सचिवालय बैठक बोलाइएको हो। सचिवालयले बैठकले आधिकारीक निर्णय गरेपछि महरालाई सो जानकारी गराइने भएको एक सचिवालय सदस्यले जानकारी दिए।

महरामाथि एकजना महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। छानबिनका लागि सहज वातावरण बनाइ दिन आफू तयार रहेको संकेत पनि सभामुख महराले दिइसकेको स्रोतले बताएको छ।

उच्च स्रोतका अनुसार महराको मंगलबार साँझसम्म राजीनामा आउने सम्भावना बलियो रहेको छ। राजीनामा आएपछि प्रहरीले घटनाका विषयमा थप अनुसन्धान शुरु गर्नेछ।

र, यो पनि पढ्नुहोस :

सभामुख महरा प्रकरण

विशेष