विदेश

अध्यक्षद्वय ओली र प्रचण्डले निष्कर्ष : महराले राजीनामा दिनुपर्छ

अध्यक्षद्वय ओली र प्रचण्डले निष्कर्ष : महराले राजीनामा दिनुपर्छ

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले यौन दुर्व्यवहारको आरोप खेपिरहेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। मंगलबार भएको छलफलका क्रममा महरालाई आफ्नो पदबाट राजीनामा दिएर घटनाको छानबिनका लागि सगाउन आग्रह गरेका हुन्।

सो विषयमा मंगलबार बिहान पार्टी अध्यक्ष र नेताहरूसँग प्रधानमन्त्री ओलीको छलफल भएको हो। छलफलका क्रममा सभामुख महराले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्दा राम्रो हुने निष्कर्ष निस्किएको बताइएको छ।

छलफलपछि सभामुखलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीको उनलाई आग्रह गरेका थिए। प्रधानमन्त्रीको आग्रहमा महराले सकारात्मक संकेत दिएको बुझिएको छ। सोही विषयलाई लिएर नेकपाको आकस्मिक सचिवालय बैठक पनि बस्दै छ। बैठकमा सभामुख महराबारे निर्णय हुने स्रोतको भनाइ छ।

महरामाथि एकजना महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन्। ती महिलाले महराले मदिरा सेवन गरेर आफ्नै कोठामा जबरजस्तीकरणी गरेको गम्भीर आरोप लगाएकी हुन्। उक्त घटना बाहिरिएपछि अहिले सभामुख महराको चौतर्फी आलोचना भइरहेको छ।

यद्यपि सभामुख महराले आफूलाई फसाइको स्पष्टीकरण दिएका थिए। त्यस्तै उनको सचिवालयले विज्ञप्ति जारी गरेर आफ्नो राजनीतिक छवि बिगार्न  विभिन्न समूहहरू लागेको आरोप लगाएको थियो।

र, यो पनि पढ्नुहोस :

सभामुख कृष्णबहादुर महरा सभामुख महरा प्रकरण

विशेष