एनआरएन सम्मेलनमा सहभागी हुन आएका प्रवासी नेपाली पक्राउ
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक गैरआवासीय नेपाली ९एनआरएन०लाई प्रहरीले पक्राउ गरेको छ।
उनले विमानस्थलमा तोडफोड गरेर उपद्रो मचाएपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपाली मुलका अष्ट्रेलियन नागरिक रमेशकुमार थापा रहेका छन्।
उनले विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीमाथि अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेको तथा डेस्कको सिसा फुटाएपछि कर्मचारीहरुले विमानस्थल प्रहरीको जिम्मा लगाएको प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेलले जानकारी दिए।
उनका अनुसार गैरआवासीय नेपालीबाट पटक पटक दुर्व्यवहार हुने गरेको छ। थापामाथि प्रहरीले आवश्यक कारवाही अघि बढाएको छ। थापा एनआरएनएको सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए।