नेपाल आयल निगमका उप प्रबन्धकसहित सात जना पक्राउ
काठमाडाैँ – जुवा खालबाट वडाध्यक्ष, सरकारी कर्मचारी सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा खटिएको प्रहरी टोलीले मङ्गलबार राति धनगढी उप महानगरपालिका–३ बाट बाजुराको खप्तड छेडे दह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतसहित जनालाई पक्राउ गरेको हो।
त्यस्तै नेपाल आयल निगम धनगढीका उप प्रबन्धक नरबहादुर ऐर, खाद्य संस्थानका एक जना कर्मचारी सहित सात जना पक्राउ परेका हुन्।
उनीहरूको साथबाट प्रहरीले ८८ हजार ४ सय ५ रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको जनाएको छ। वडाध्यक्ष, सरकारी कर्मचारी सहित धनगढी उप–महानगरपालिका–३ का ४३ वर्षीय हरि सिंह बोहरा, वडा नम्बर ३ का ३७ वर्षीय गणेश बहादुर साउद, ४३ वर्षीय तारा चन्द, ३३ वर्षीय प्रकाश भाट र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का ४८ वर्षीय गिरीराज पाण्डेय रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।