जीवन शर्मालाई सहयोग गर्न सांसद शान्ता चौधरीको आग्रह (भिडियाेसहित)
काठमाडाैँ । नेकपा नेतृ तथा सांसद शान्ता चौधरीले जनवादी गायक जीवन शर्मालाई सहयोग गरिदिन अनुरोध गरेकी छन्। गायक आचार्यका २९ वर्षीय छोरा अमृत आचार्य जीबनमरणको दोसाँधमा भएकाले आर्थिक रुपमा सक्दो सहयोग गर्न चौधरीले आग्रह गरेकी हुन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत गायक शर्माका छोरालाइ अस्पतालमैँ पुगेर भेटेपछि नेपालआजसँगको संक्षिप्त प्रतिक्रियामा व्यक्ति व्यक्ति मिलेर आचार्यलाई सहयोग गर्नुपर्ने नेतृ चौधरीले बताईन् ।
शर्मालाई सरकारले पनि यस सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘म उहाँको छोराको स्थिति देखेर भावविह्वल भएँ ।’ ‘जनवादी गीत गाउने राष्ट्रभावनाका गीत गाउने यस्तो व्यक्तित्व फेरि जन्मिन गाह्रो छ । त्यसकारण राष्ट्रले नै यस्ता व्यक्तित्वलाई सम्मान गर्नुपर्छ ।’ उनले बताइन् ।
उनले सहयोगका लागि सबैलाई आग्रह पनि गरेकी छिन् । ‘ जीवन दाइको छोरालाई धेरै खर्चिलो रोग लागेकोले जनताको ठूलो सहयोग विना उपचार सम्भव छैन त्यसैले सहयोग गरिदिन आग्रह गर्दछु। किनकी दाइको व्यक्तिगत पहलबाट मात्र यो रोगको उपचार गर्न खर्च नपुग्ने देखिन्छ ।’
‘मैँले सहयोग गरेपछि अरुले पनि सहयोग गर्ने वातावरण बन्छ भनेर म आइपुगेको हुँ ।’ उनले बताइन् । उनले भिडियो शेयर गरी सहयोगी मनहरुसम्म पु-याउन पनि आग्रह गरेकी छिन् ।