सडकमा जथाभावी गाईवस्तु छोड्नेलाई कारवाही गर्न सर्वोच्चको आदेश !
काठमाडौं– सर्वाेच्च अदालतले राष्ट्रिय जनावर गाईलाई जथाभावी सडकमा छोड्नेलाई कारवाही गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।
गाईगोरु संरक्षण तथा सडकमा छोड्नेलाई कारवाहीको माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा फैसला गर्दै न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र पुरुषोत्तम भण्डारीको इजलासले संविधानतः राष्ट्रिय जनावर घोषित गाईसहित गोरु बाच्छा बाच्छीको संरक्षण गर्न परमादेश जारी गरेको हो।
मंगलबार सार्वजनिक फैसलाको पूर्णपाठमा गाईको संरक्षण धार्मिक तथा सांस्कृतिक रुपमा समेत अत्यन्त महत्वपूर्ण भएको र संविधान एवं कानुन रुपमा समेत राज्यको दायित्व भएको उल्लेख छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।