News

नेपाल - भारत उर्जा बैठक : प्रसारण लाईन बराबरी लगानीमा

नेपाल - भारत उर्जा बैठक : प्रसारण लाईन बराबरी लगानीमा

काठमाडौँ — नेपालमा उत्पादित बिजुली अन्य मुलुकमा लैजान महत्त्वपूर्ण पूर्वाधार मानिएको ४ सय केभी क्षमताको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन बराबरी लगानीमा बनाउन नेपाल र भारतबीच सहमति भएको छ ।

भारतको बैंग्लोरमा भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले सोमबार प्रसारण लाइन निर्माणको मोडालिटी टुंग्याउने सहमति गरेको हो ।

बराबरी स्वपुँजी भएको कम्पनी स्थापना गरी प्रसारण लाइन बनाउने नेपाली पक्षको प्रस्तावमा भारतले सहमति जनाएको हो । ‘सचिवस्तरीय बैठकले प्रसारण लाइनको निर्माण मोडालिटीमा सहमति गरेको छ।  

यो समाचार आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन।  

 

विशेष