४ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी आज म्यानमार जाने !
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी बुधवारदेखि ४ दिने राजकीय भ्रमणका लागि म्यानमार जाने भएकी छिन।म्यानमारका राष्ट्रपति 'उ बिन मिन्ट' को निमंत्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।
राष्ट्रपति भण्डारी मिन्टसंगको दुईपक्षिय वार्तासंगै उनले आयोजना गरेको राजकीय भोजमा समेत सहभागी हुनेछिन। सोहि अवसरमा उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसंग पनि भेट गर्ने छिन। राष्ट्रपति भण्डारीले म्यान्मारमा रहेका नेपालीभाषीहरु संग भेट गर्ने साथै त्यहाका ऐतिहसिक एवम संस्कृतिक महत्वका स्थानहरुमा पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।
म्यानमारको ४ दिने भ्रमण सके लगत्तै उनि कात्तिक २ मा जापानमा जानेछिन र त्यहाका नया राजा नारुहितो गद्दी आरोहण समारोहमा उपस्थित हुने छिन। घुमघाम सकाएर उनि कात्तिक ६ गते स्वदेश फर्किने कार्यक्रमा रहेको छ।
राष्ट्रपति मिन्टले गत बर्ष मात्र नेपालको भ्रमण गरेका थिए।