सभामुख महरालाई सांसद पदसमेत नरहनेगरी राजीनामा दिन सचिवालयको निर्देशन
काठमाडौं : प्रतिनिधिसभाका सभामुख महरालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैकलले सांसद पदसमेत नरहने गरी राजीनामा दिन निर्देशन दिएको छ। यौन दुर्व्यवहार गरेको आरोप खेपिरहेका महरालाई मंगलबार बसेको आकस्मिक बैठकले सांसद पदसहित सभामुखको पदबाट राजीनामा दिन निर्देशन दिएको हो।
सभामुख र संसद सदस्य दुवै पदबाट राजीनामा दिएर निष्पक्ष छानबिनमा सघाउन महरालाई पार्टी सचिवालय निर्देशन दिएको हो। महराकै विषयलाई लिइएर मंगलबार बिहान नेकपाको आकस्मिक सचिवालय बैठक बोलाइएको थियो। यसअघि सोही विषयमा अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका शीर्ष नेताहरू छलफल गरेका थिए। छलफल पछि मार्गप्रसस्त गरेर छानबिनका लागि वातावरण बनाउन महराले राजीनामा दिनपुर्ने निष्कर्ष निकालेको थियो।
सभामुख महरामाथि एक महिला कर्मचारीले बलात्कारको संगिन आरोप लगाएकी छिन्। उनले महराले मदिरा सेवन गरेर आफूमाथि जबरजस्तीकरणी गरेको गम्भीर आरोप लगाएकी हुन्। यो घटना आइतबार बेलुकी बाहिरिएको हो। घटना बाहिरिएपछि महराको चौतर्फ आलोचना भएको छ।
यद्यपि महराले आफ्नो राजीनिक छवि बिग्रान कपोकल्पित घटना घटाइएको बताएका छन्। उनको सचिवालयले पनि उक्त घटनाको खण्डन गरेको थियो। यद्यपि ती महिलासँग गरेको फोन र म्यासेजका कारण उनलाई नौतिक संकट परेको थियो।