एनआरएनए सचिवमा शुष्मा राईको उम्मेदवारी दर्ताभए सँगै उत्साहित बने मतदाता !
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय समन्वय परिषद्को सचिव पदमा सामाजिक अभियान्ता सुष्मा राईले उम्मेदवारी दर्ता गरेकी छिन। बर्तमान कार्यसमितिका आईसिसी सदस्य राईले एनआरएनए अभियानका आफ्ना ठोश प्रतिवद्धतासहित सचिव पदमा उम्मेदवारी दिएकी हुन् ।
तीन कार्यकाल (२०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसकेकी राई सामाजिक अभियानमा अग्रभागमा रहेकी छिन। गैरआवासीय नेपालीहरुको ज्ञान, सीप र अनुभवहरुलाई देशको समृद्धिसँग जोड्नका लागि आफूले सचिव पदमा उम्मेदवारी दिएको राईको भनाइ छ।
मातृभूमीको समृद्धिका लागि गैर आवासीय नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई जोडने मेरो लक्ष्य हो, यसैका लागि सचिव पदमा उम्मेद्वार बनेको छु, राईले भनिन । राईले आइसिसी सदस्य हुनुभन्दा अघि एनआरएनए युकेकी सचिव भएर काम गरिसकेकी छिन। राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी समेत हुन्। ।
बिश्वभरका एनआरएनएबीच परिचित राई कुल आचार्य समुहको पहिलो सूचीमा परेकी छिन। गलत काम भएमा कसैसँग संझौता नगर्ने राईलाई जिताउन युरोप, अमेरिकादेखि मिडल इष्टका मतदाताले अभियान चलाएका छन । आम मतदाताले जित्नै पर्ने उम्मेद्वारको सूचीमा परेको कारण राई निकै बलियो उम्मेद्वारका रुपमा देखिएकी छन।
‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनमा विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु सहभागी छन् । आज चार बजेबाट हुने निर्वाचनमा बिभिन्न १४ पदका लागि ४२ जना चुनिने छन् । सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जनाको सहभागिता रहेको छ ।