News Breaking News अपराध सुरक्षा

सांसद साहलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति, बयान लिइँदै

सांसद साहलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति, बयान लिइँदै

जनकपुर - जनकपुर विमानस्थलको टर्मिनल भवनमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभा सांसद प्रमोद साहलाई अनुसन्धानका लागि ४ दिनको म्याद थपिएको छ । जिल्ला अदालत धनुषाले सांसद साहलाई अनुसन्धान गर्न बुधबार ४ दिनको म्याद प्रहरीलाई दिएको छ ।

सांसद साहले जहाज डिले भएको झोंकमा सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । उनलाई काठमाडौंबाट पक्राउ गरेर जनकपुर ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सांसद साहसित घटनाको सम्बन्धमा बयान लिइएको छ ।

प्रहरीले साहलाई बुधबार जिल्ला अदालतमा पेस गरेर म्याद थप गरेको हो । प्रहरीले १० दिनको लागि अनुसन्धानका लागि म्याद थपको समय माग गरे पनि अदालतले भने ४ दिनको मात्र म्याद थप गरेर अनुसन्धान गर्नका लागि आदेश दिएको श्रेस्तेदार यज्ञ प्रसाद  आचार्यले बताए।

सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।सांसद साहले यस घटनाबारे जनताले मूल्याङ्कन गरिरहेको बताए ।

विशेष