News

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा !

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा !

भैरहवा।   सन् २०२० देखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ।

तीन किलोमिटर धावनमार्ग निर्माण सकिएसंगै  प्रशासनिक भवन पनि अन्तिम चरणमा पुगेको छ। मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ। टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडानलगायत काम सुरु भइसकेको छ।

आगमन तथा प्रस्थान भवनको छानो लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गत भौतिक संरचना निर्माण अन्तिम अवस्थामा छ। टर्मिनल भवन फिनिसिङ र केही उपकरण जडानको काम भइरहेको छ।

विशेष गरी उपकरण जडानको काम मात्र बाँकी रहेको आयोजना प्रमुख अधिकारीको बताए। 

यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा सलमान खानले लेखेका छन।    

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

विशेष