News

निदान अस्पतालमा मृगौला किनबेच : सीइओ र डाक्टरसहित ५ जना नियन्त्रणमा

निदान अस्पतालमा मृगौला किनबेच : सीइओ र डाक्टरसहित ५ जना नियन्त्रणमा

काठमाडौँ।  ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा मृगौला किनबेचमा संलग्न रहेको अभियोगमा अस्पतालका सीइओसहित पाँचजनालाई बुधवार प्रहरीले नियन्त्रणमा लिएको छ।  

गोप्य सूचनाका आधारमा मानव बेचबिखन ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अस्पतालबाट सीइओ र डाक्टरसहित अन्य व्यक्तिलाई नियन्त्रणमा लिएको हो।  अस्पतालका सीइओ नै त्यस्तो घटनामा संलग्न रहेको पाईएपछि मृगौलातस्क हरुको जालो नै रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। 

प्रहरीले बुधवार पत्रकार सम्मेलन गरेर घटनामा संलग्न रहेकाहरुबारे जानकारी गराएको हो।  

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।  

 

विशेष