ग्यास्ट्रिकको औषधिमा क्यान्सरको जोखिम
काठमाडौँ। औषधी व्यवस्था बिभाग (डिडिए) ले उत्पादन र पैठारीकर्तालाई यास्ट्रिकमा उपयोग गरिने ‘रेनिटिडिन’ औषधिमा हालै देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने सम्भावना देखिएको जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो औषधिले पेटमा एसिड उत्पादनमा कमी ल्याउँछ । यसको उपयोग सामान्यरुपमा ‘गास्ट्रोओसोफेगल रिफ्लक्स’लगायत अन्य समस्यामा गरिन्छ ।
डीडीएका अनुसार अन्य मुलुकमा केही ‘रेनिटिडिन’मा ‘नाइट्रोसमिन इम्प्युरिटी’ र ‘नाइट्रोसोडिमिथाइलमाइन’ धैरै मात्रमा रहेको र उक्त अशुद्धतालाई ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ले मानिसमा क्यान्सर गराउन सक्ने भनी वर्गीकरण गरेको छ ।
डिडिएले स्वदेशी उत्पादनको हकमा' रेनिटिडिन' उत्पादनको कच्चा पदार्थ र तयारी औषधी पैठारीका हकमा 'एनडीएम' असुद्धता नभएको यकिन गरि आवश्यक व्यवस्था गर्न अनुरोध गरेको छ।
यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।