हातहतियार र बिष्फोटक पदार्थसहित विप्लपका २१ कार्यकर्ता पक्राउ !
दाङ। नेत्र बिक्रम चन्द विप्लप नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्तालाई गएराती पक्राउ परेका छन।
उनीहरुलाई दाङ जिल्लाको नेपाल-भारत सिमामा पर्ने राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट उल्लेख्य परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ फेला परेको छ।
पक्राउ परेकाहरू सो पार्टीका कुन तहका कार्यकर्ता हुन भन्नेबारेमा अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ।