News मुख्य समाचार

सभामुख महराले दिए पदबाट राजिनामा !

सभामुख महराले दिए पदबाट राजिनामा !

काठमाडौँ , यौन दुर्व्यवहार गरेको आरोप खेपिरहेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन।  उनले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेमार्फत् राजीजामा दिएका हुन् । 

महाराले सत्य तथ्यको छानबिन सहज तरिकाले  होस् भन्ने हिसाबले आफुले राजिनामा दिएको बताएका छन।  

सभामुख महरामाथि एक महिला कर्मचारीले बलात्कारको संगिन आरोप लगाएकी छिन्। उनले महराले मदिरा सेवन गरेर आफूमाथि जबरजस्तीकरणी गरेको गम्भीर आरोप लगाएकी हुन्। यो घटना आइतबार बेलुकी बाहिरिएको हो। घटना बाहिरिएपछि महराको चौतर्फ आलोचना भएको छ।

‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य निश्पक्ष र स्वतन्त्र छानविनका लागि अअनुसन्धान गर्न सहज होस भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रकृया नसकिदासम्मका लागि राजीनामा दिएको छु,’ महराको राजीनामामा भनिएको छ ।  

सभामुख महरा प्रकरण

विशेष