राष्ट्रपति भण्डारी र म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीबीच शिष्टाचार भेट
काठमाडौँ । म्यानमारको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
गणतन्त्र म्यानमारका राष्ट्रपति उ विन मिन्टसँगको द्धिपक्षीय वार्ता लगत्तै राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता भएको हो । भेटमा आपसी हित र द्धिपक्षीय सम्बन्धबारे कुराकानी भएको थियो ।
यसैबीच राष्ट्रपति भण्डारी र म्यानमारीका राष्ट्रपति उ विन मिन्टको उपस्थितिमा बिहीबार दुई देशबीच पर्यटन र सांस्कृतिक सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र म्यान्मारका धार्मिक तथा सांस्कृतिक मामिलामन्त्री आङ कोले सांस्कृतिक सहयोग सम्बन्धी समझदारी पत्रमामा हस्ताक्षर गरेका छन् ।