सुडानमा देशभर युद्धविराम घोषणा
एजेन्सी । सुडानमा देशव्यापी युद्धविरामको घोषणा गरिएको छ । बुधबार सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधानअनुसार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धविराम घोषणा गरेका हुन् ।
सुडानमा शान्ति स्थापनाका लागि सहयोग पुग्नेगरी वातावरण बन्ने विश्वासका साथ संविधानअनुसार युद्धविरामको घोषणा गरिएको परिषद्का अध्यक्षद्वारा जारी घोषणामा उल्लेख गरिएको छ । उनको घोषणा जारी भएसँगै लागू भएको मानिने व्यवस्था रहेककाले बुधबारदेखि युद्धविराम लागू भएको छ ।
दक्षिणी सुडानको राजधानी जाबामा वार्ताको प्रयास भइरहेका बेला युद्धविरामको घोषणा भएको हो। सुडानमा लामो समयदेखि विभिन्न समूहहरूसँग सरकारको द्वन्द्व चलिरहेको छ ।