स्कुले बच्चालाई भारी ब्याग बोक्न रोक , कक्षा २ सम्मका बच्चालाई होमवर्क दिन नपाइने !
हाम्रो देशमा स्कुले बच्चालाई बढी होमवर्क दिएमा या धेरै किताब बोक्न लगाएमा शिक्षामा सुधार आउने मानसिकता हाबी हुदै गईरहेको छ अझ भन्ने हो भने निजि बिद्यालयहरुमा। बच्चाको शरीरले थेग्न नसक्ने गरि झोला बोकाउने प्रबृत्ति मौलाउदै गएको अवस्थामा दिल्लीमा भने बच्चाका लागि झोला बोकाउने नयाँ मापदण्ड बनाईएको छ।
यस अनुसार कक्षा २ सम्म पढ्ने बच्चाको स्कुले ब्याग १.५ केजी र १० कक्षामा पढ्ने विद्यार्थिको व्याग ५ किलो भन्दा माथि नहुने निर्देशन जारी भएको छ। भारी ब्यागको बोझले बच्चाको मानसिकतामा असर परेको भन्दै यो नियम लागू गर्न लागिएको हो। यो संगै अव कक्षा ६ देखि १० सम्म ६ वटा भन्दा बढी किताव पढाउन नहुने समेत बताइएको छ।
कक्षा २ सम्म पढ्ने स- साना स्कुले बच्चालाई होमवर्क दिन नपाइने यो अघि नै बताईएको थियो।