१९ वर्षीया किशोरीमाथि बसमा यौन दुर्व्यवहार
काठमाडौँ । काठमाडौँमा एक १९ वर्षीया किशोरीमाथि बसभित्रै यौन दुर्व्यवहार भएको छ । यौन दुर्व्यवहार गरेको अभियोगमा तार्केश्वर नगरपालिका–६ पैंयुटार बस्ने मीनक कुमार लामा पक्राउ परेका छन् ।
नुवाकोट घर भएका ३८ वर्षीय लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। तारकेश्वर नगरपालिका–८ शान्तिटोल स्थित सडकमा जितपुर फेदी जाँदै गरेको बा.४. ख ७४७० नम्बरको बसमा लामाले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जितपुरफेदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।