उच्च अदालत पोखराका न्यायाधीश शाही बर्खास्त!
काठमाडौं – उच्च अदालत पोखराका न्यायधीश नरबहादुर शाही बर्खास्त भएका छन्।
गोर्खा ब्रुअरीको राजस्वको मुद्दामा न्यायाधीश शाहीले क्षेत्र अधिकारभन्दा बाहिर गएर निर्णय सुनाएका थिए। यही विषयलाई लिएर सर्वोच्व अदालका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले क्षेत्र अधिकार मिचेर फैसला गरेको भन्दै कारबाही गर्ने आदेश दिएको थियो।
उच्च अदालत पोखराका न्यायाधीश हुँदा शाहीले र न्यायधीश जीवनहरि अधिकारको संयुक्त गोर्खा ब्रुअरीको ८८ करोड रुपैयाँ कर निर्धारण नगर्न अन्तरिम आदेश दिएको थियो। गोर्खा ब्रुअरीको नवलपुर जिल्लामा छ । यो कर कार्यालय भरतपुर अन्तर्गत पर्छ । कर कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई दुई वर्षको जर्ती वापतको कर ८८ करोड किन नलगाउने भनेर पत्र लेखेको थियो । सो पत्रपछि गोर्खा ब्रुअरी नियम विपरित उच्च अदालत पोखरामा गएको थियो ।
उच्च अदालत पोखराले असार २ सम्म केही नगर्नु भनेर अन्तरकालिन अन्तरिम आदेश दियो । असार ३ गते मुद्दाको सुनुवाई भएपछि अदालतले असार ११ गतेसम्म केही नगर्नु भनेर फैसला गर्यो । मुख्य न्यायधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्ति गरिएको छ।