News Breaking News

विप्लवका २१ नेताबाट प्रहरीले फेला पर्याे यस्ता बस्तु

विप्लवका २१ नेताबाट प्रहरीले फेला पर्याे यस्ता बस्तु

काठमाडौं– नेपाल प्रहरीले दाङबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता तथा कार्यकर्तालाई बुधबार राति दाङबाट पक्राउ गरेपछि उनीहरुसँग रहेकाे विभिन्न सामान बरामद गरेकाे छ।

नेपाल–भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४, मुग्रेठाखोलास्थित ज्ञानेन्द्र विक्रम रानाको घरमा बैठक बसिरहेको बेला उनीहरुलाई पक्राउ गर्ने प्रहरीले विभिन्न हातहतियार लगायतकाे सामान बरामद गरेकाे हाे।

पक्राउ पर्नेमा विप्लव नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा मगर (सुवास) सहित विप्लवका दाजु तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्बहादुर चन्द (बीरजंग)लगायत २१ जना छन्। 

उनीहरुको साथबाट प्रहरीले हतियारसहित महत्वपूर्ण दस्तावेज समेत फेला पारेको जनाएको छ। प्रहरीले उनीहरुको साथबाट मेड इन युएस लेखिएको पेस्तोल २ थान, त्यसको म्यागजिन २ थान, कटुवा पेस्तोल ४ थान, ३०३ राइफलको गोली ४ राउण्ड, सुतली बम १ थान बरामद गरेको छ। 

त्यसैगरी ३ लाख ८४ हजार ५ सय ३० रुपैयाँ नगद, २४ थान मोबाइल, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनैतिक प्रस्ताव लेखिएको २५ पानाको ३ ठेली बरामद भएको छ। 

नेपाल कम्युनिष्ट पार्टीको परिपत्र र प्रेस वित्रप्ती लेखिएको ४÷४ पानाको ६ ठेली, आर्थिक सहयोग गरिदिने भनि लेखिएको लेटर प्याड ३० पाना, नेपाल कम्युनिष्ट पार्टीको १ थान छाप बरामद भएको छ।

विभिन्न राजनैतिक दर्शका किताबहरु १३ थान, डायरी १६ थान, ग्लोबल आइएमई बै.कको चेक ४ थान र सामान बोक्ने झोला २१ थान बरामद भएको छ। 

विशेष