शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको सफ्टवेयर ह्याक
काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र सफ्टवेयर ह्याक भएको छ। ह्याकर समूहले अस्पतालको सम्पूर्ण सफ्ट्वयर ह्याकिङ गरेका हुन्। केही दिनदेखि अस्पतालको सिस्टम ह्याक भए पनि अस्पताल प्रशासनले भने ह्याकिङ भएको जानकारी गोप्य राखेको छ।
नेपाल आजसँगको कुराकानीमा अस्पतालका एक कर्मचारीले जानकारी दिन नमिल्ने भन्दै अनुसन्धान भैरहेको बताए । ह्याकर समूहले अस्पताल प्रशासनलाई विभिन्न माध्यमबाट सम्पर्क गरेर केही रकमसमेत मागेका छन्।
समूहले क्रिप्टो करेन्सीमा रकम मागेका छन्। ह्याकरले १५ लाख रुपैयाँभन्दा बढी रकम माग गर्दै रकम नदिए सूचना लिक गरिदिने धम्की दिएको छ । यता प्रहरीले भने अस्पतालले अहिलेसम्म सिस्टम ह्याकबारेको कुनै सूचना प्रहरीलाई नदिएको जनाएको छ ।