कलंकीदेखि महाराजगंजसम्म चक्रपथ विस्तार सुरु !
काठमाडौँ। कलंकीदेखि महाराजगंजसम्मको दोस्रो चक्रपथ बिस्तारको काम थालिएको छ। सडक विभागले दशैंअघिदेखि कलंकीबाट सडक छेउछाउका रुख काट्न सुरु गरेको हो।
सरेकर्ले पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म आठ लेनको विस्तार गरेको थियो। दोस्रो चरणमा कलंकीदेखि महाराजगंजसम्मको ८.५ किलोमिटर भाग पनि सोहि अनुसार विस्तार गर्न लागेको हो। सडक विभागका अनुसार चिन सरकारको सहयोगमा चक्रपथ विस्तार गर्न लागिएको हो। चक्रपथ बिस्तारमा एक एकवटा अन्डरपास र ओभरपास बनाउन पनि प्रस्ताव राखिएको जनाईएको छ।
सडक बिभाग बैदेशिक सहयोग प्रमुख अर्जुनजंग थापाले भने सडक बनाउन पहिला क्लियरेन्सको काम गर्नु पर्छ। त्यसैले हामीले कलंकीबाट सडक दायाँबायाँ रुकिः काट्ने , विद्युतीय संरचना हटाउने , घर टहरा हटाउने काम सुरु गरेका छौं'।
यो समाचार आजको नागरिक दैनिकमा श्याम राईले लेखेका छन।
चक्रपथ विस्तार