News

एक्सनमा नगर प्रमुख , होटलमा कार्यरत चार बालबालिकाको उद्धार !

एक्सनमा नगर प्रमुख , होटलमा कार्यरत चार बालबालिकाको उद्धार !

बिरगंज।  वीरगन्ज महानगरपालिकालाई बालमैत्री महानगरपालिका  बनाउने अभियानमा नगर प्रमुख वीजय कुमार सरावगी आफै होमीएका छन। बाल श्रम अपराध हो भन्ने महानगरपालिकाले पटक पटक सुचीत गरेपनि केहि होटल,रेष्टुरेन्ट तथा नास्ताहोटलका संचालकहरुले अटेरी गरेर बालकहरुलाई श्रम गराएको सूचनाको आधारमा बिहिबारदेखि नगर प्रमुख सरावगीलो बालबालिकारुलाई उधार गर्ने अभिायन आफनै नेतृत्वमा सुरु गरेका हुन्। 

वीरगन्जको माइस्थान, मिना बजार र होटल क्राउन प्लाजा रोजको नास्ता होटलहरुमा नगर प्रमुख सरावगीको नेतृत्वमा महानगरपालिकाले गरेको अनुगमनमा ४ जना बालबालिहरुलाई श्रमशोषणबाट उद्धार गरेको छ ।नगर प्रमुख सरावगीको नेतृत्वमा महानगरपालिका बालमैत्री फोकलपर्सन मुकेश गुप्ता,बाल हेल्प लाइनका प्रमुख मुकेश साह,जिल्ला प्रहरी कार्यालय महिला  बालबालिका तथा जेष्ट नगरिक सेवाा केन्दकी प्रतिनिधि तनुजा श्रेष्ठ र अनिता राउत,बाल हेल्पका शम्भु साह र श्याम चौधरी लगायकको टोलीले अनुगमन गर्दा बालिबालिहरुको श्रमशोषण गरिएको पाएपछि उद्धार जनाइएको छ ।

विरगन्जको माइस्थान र मिनाबजारमा रहेको विभिन्न नास्ता पसलहरुमा बालिबालिहरुलाइ भाडा मझाऊने ,होटल सफा गराउने जस्ता बाल श्रमशोषणको कार्य गर्ने गराउने पाएपछि बाल बालिकाहरुलाई नियन्त्रणमा लिएर उद्धार गरिएको हो ।एक चाटीको लागी होटल व्यवसायीहरुलाई चेतावनी दिदै पुन यस्तो कार्य गर्ने गराउने गरिएको पाइएमा कडा भन्दा कडा कार्यवाहि गरिने चेतावनी दिदै उद्धार गरिएको बालबालिहरुलाई अभिभावहरुको जिम्मा लगाउने गरि बाल हेल्पलाइन जिम्मा लगाएको महानगरपालिकाले जनाएको छ ।   

एक्सनमा नगर प्रमुख

विशेष