एनआरएन अध्यक्षमा कुमार पन्त विजयी
काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएन)को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै पन्त अध्यक्षमा निर्वाचित भएका हुन् । पन्त बामपन्थी समूहवाट र आचार्य लोकतान्त्रिक समूहवाट उम्मेदबार बनेका थिए ।
निर्वाचन समितिले औपचारिक रुपमा मत परिणाम घोषणा भने गरेको छैन । संघको कार्यसमितिका अधिकांश पदाधिकारीमा पनि पन्त समूहकै सदस्य निर्वाचित भएका छन् ।
संघको नवौं महाधिवेशनबाट केन्द्रीय समितिमा ४२ जना पदाधिकारी निर्वाचित गरेको हो । महाधिवेशनमा विश्वभरीबाट करिब २ हजार ८ सय प्रतिनिधि सहभागी थिए । सहभागीमध्ये दुई हजार ५ सय ७० मतदाताले बिहीबार मतदान गरेका थिए ।