ब्रेकअप पछि खुसि हुनु चाहनुहुन्छ भने गर्नुहोस यस्ता काम !
आजभोलि मानिसहरु नाता सम्बन्ध र माया प्रेमलाईलाई मजाकको रुपमा लिन थालेका छन। नयाँ सम्बन्ध बनाउने र तोड्ने त मानिसको समय बिताउने एक बहाना मात्र हुन थालेको छ आजभोली । तर सम्बन्ध बनाउन जति सजिलो हुन्छ नि त्यसलाई निभाउन साह्रै गाह्रो छ ।
यहि अनुरुपले सम्बन्धलाई रामरी निभाउन नसक्दा सम्बन्ध तोड्ने नयाँ ट्रेड बजारमा चल्न थालेको छ। ब्रेकअपको कारण कतिपयको जिन्दगि त अन्योलग्रस्त नै हुने गरेको छ। यसको दलदलबाट उम्कन निकै मुस्किल पर्ने गर्छ। र आत्महत्याको शिकार समेत हुन पुग्छन कतिपय त यसै सन्दर्भमा आज हामी ब्रेकअप पछि जिवनमा खुसि हुने केहि उपायका बारेमा बताउन जादै छौं आउनुहोस हेर्नुहोस र तपाई पनि दुखमा रमाउन सिक्नुहोस
- ब्रेकअप पछि यस्तो ठाउँमा घुम्न निस्कनुहोस जहाँ तपाई कहिले पनि जानु भएको छैन। यसले मनमा रहेका सारा चिन्ता र समस्या केहि हदसम्म कम गर्न मदत पुर्याउछ। नया ठाउँ र मान्छेसंगको घुलमिलले मनमा एक प्रकारको शक्ति पैदा हुन्छ। र नकरात्मक कुरा सोच्ने मौका मिल्दैन।
- भनिन्छ आफ्नो पिडा अरुलाई शेयर गर्यो भने मन हलुका हुन्छ त्यसैले यस्तो अवस्थामा आफ्नो मनको कुरा कुनै नजिकका साथीसंग शेयर गर्नु पर्दछ साथमा जिम जाने या पार्कमा हिड्ने गर्नाले पनि यो समस्याबाट मुक्ति पाउन सकिन्छ।
- ब्रेकअप अर्थात् दिल टुटेपछि मानिसले त्यसलाई सकारात्मक रुपमा लिएर आफुलाई सम्भार पनि गर्न सक्छ र बर्वाद पनि चाहेको काम गर्न पाउनु तपाईको अधिकार हो तर हामी चाहन्छौ कि तपाई सकात्मक नै सोच्नुहोस र जीवनलाई नयाँ मोडमा लान हर प्रयत्न गर्नुहोस।