News

बाल अधिकार सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह

बाल अधिकार सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह

ललितपुर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बाल अधिकार सम्बन्धि कानूनको व्यवहारिक कार्यान्वयनका लागि सम्बन्धित निकाय क्रियाशील हुनुपर्ने आवश्यकता औंल्याएका छन् । केन्द्रीय बाल न्याय समितिले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले बाल न्यायसम्बन्धी कानूनहरुको प्रभावकारी कार्यान्वयनका लागि सबै निकाय सक्षम हुनुपर्ने बताएका हुन् ।

प्रधानन्यायाधीश जबराले बाल न्यायसम्बन्धि कानूनहरुको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । प्रधानन्यायाधीश जबराले संविधानले प्रत्याभूत गरेको बाल न्यायसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने पनि बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाल अधिकारको संरक्षण र न्यायका लागि सरकार जस्तोसुकै कदम चाल्न तयार रहेको बताइन् । मन्त्री थापाले सरकारले बाल अधिकारको क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक ऐन, कानून परिमार्जन गर्दै लैजाने प्रतिबद्धता पनि जनाइन् । 

विशेष