News

बुद्ध एअरको काउण्टर तोडफोड गर्ने शाह रिहा

बुद्ध एअरको काउण्टर तोडफोड गर्ने शाह रिहा

धनुषा । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद कुमार साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

जनकपुरबाट काठमाडौँ जाने विमान दुई घण्टा ढिलो भएको विषयमा विवाद हुँदा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सैनिक हवाई उडान ऐन २०१५ को दफा ९ क को आधारमा अपराध गरेको कारणले उनीमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको माग दावीसहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता गरेको थियो। 

विशेष