आलम प्रकरणमा बोली फेरे देउवाले, अनुसन्धानमा सघाउने 

आलम प्रकरणमा बोली फेरे देउवाले, अनुसन्धानमा सघाउने 

काठमाडौँ । २२ जनालाई इटाभट्टामा ज्युँदै मारेको अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद आलमको बचाउमा शुक्रबार सार्वजनिक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएका छन् । आलमलाई फसाइएको भन्दै बोलेका देउवाले शनिबार विज्ञप्ति नै जारी गरी अनुसन्धानमा सघाउने वचनबद्धता व्यक्त गरेका हुन् । 

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ  :

                                                                               प्रेस विज्ञप्ति
                                                               सबै अस्पष्टता र अन्यौल निवारणार्थ

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाले उत्पन्न गरेको केही अन्यौल र अस्पष्टता चिर्न यो विज्ञप्ति जारी गरेको छु ।

कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ बर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । 

तर कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन । मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु ।

जय नेपाल 
शेरबहादुर देउवा
सभापति

संम्बधित खबर

विशेष