व्यापार

इँटा बालुवा बिक्री गर्दा करोडौं ठगी : ५ ट्रिप किन्दा १ ट्रिप घाटा !

इँटा बालुवा बिक्री गर्दा करोडौं ठगी : ५ ट्रिप किन्दा १ ट्रिप घाटा !

काठमाडौं। तपाईं राजधानीमा घर बनाउँदै हुनुहुन्छ वा निर्माणजन्य अन्य कुनै काम गर्दै हुनुहुन्छ ? यदि त्यसो गरिरहनुभएको छ भने इँटा, बालुवा चिप्स, ढुंगाजस्ता निर्माण सामग्री ओसार्ने ट्रक तथा मिनी ट्रकमा तपाईंले ध्यान दिनुभएन भने ठगिन पनि सक्नुहुन्छ । ट्रक तथा मिनी ट्रकले ग्राहक ठग्नेगरी चोर उपाय अपनाइरहेकाले घर बनाउनेहरू सर्तक र चनाखो बन्नुपर्ने देखिएको छ । उनीहरूले विभिन्न प्रपञ्च अपनाएर संगठित रूपमा नै ग्राहकलाई करोडांै रुपैया ठगिरहेका छन् ।

राजधानीमा ट्रक तथा मिनी ट्रकले सामान ओसार्दा ठगी गरेको उजुरीपछि शुक्रबार इँटा तथा बालुवासहितका निर्माण सामग्री बिक्री गर्दा ग्राहक ठगीको अभियोगमा प्रहरीले राजधानीका २३ वटा डिपो सञ्चालकलाई फक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार राजधानीका स्वयम्भू, महाराजगन्ज तथा बालाजु क्षेत्रबाट इँटा, बालुवा चिप्स, ढुंगाजस्ता निर्माण सामग्री बिक्री गर्दै आएका २३ विभिन्न डिपो सञ्चालकलाई कम परिमाणमा सामान बेचेर ग्राहक ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमलले लेखेका छन।  

विशेष