News

सहिद गंगालाल अस्पतालको सफ्टवेयर ह्याक !

सहिद गंगालाल अस्पतालको सफ्टवेयर ह्याक !

काठमाडौँ।  सहिद गंगालाल हृदय रोग केन्द्रअन्तर्गत अस्पतालको सफ्टवेयर ह्याक भएको छ । नेपालबाहिर रहेका ह्याकरको समूहले सफ्टवक गरेका हुन् । केही दिनदेखि अस्पतालको सिस्टम ह्याक भए पनि अस्पताल प्रशासनले भने केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)लाई जानकारी दिएर सूचना गोप्य राखेको छ ।

ह्याकर समूहले अस्पताल प्रशासनलाई विभिन्न माध्यमबाट सम्पर्क गरेर केही रकमसमेत मागेका छन् । समूहले बिट क्वाइन रकम मागेका छन् । उनीहरुले बिट क्वाइनमार्फत फिरौती लेनदेन गर्ने, त्यसमार्फत मात्रै पैसा जम्मा हुनसक्ने बताएका छन् । यदि त्यसो नगरे अस्पतालको सबै विवरण बाहिर ल्याउने धम्की दिइरहेको अस्पताल निकट स्रोतले बतायो ।

ह्याकहरूले कम्प्युटरको सबै विवरण पुरानै अवस्थामा ल्याउनका लागि १५ लाख आवश्यक भएको बताएका छन् । ह्याकरले १५ लाख रुपैयाँभन्दा बढी रकम मागेको खुलेको छ ।

यो समाचार आजको नागरिकमा टपेन्द्र कार्कीले लेखेका छन।  

सफ्टवेयर ह्याक

विशेष