News भिडियो

सभामुखले अन्तराष्ट्रिय बेइज्जत गरे, आरोप प्रमाणित भए १० वर्ष जेल : वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडियोसहित)

सभामुखले अन्तराष्ट्रिय बेइज्जत गरे, आरोप प्रमाणित भए १० वर्ष जेल : वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडियोसहित)

काठमाडौँ । बलात्कार गरेको अभियोगपछि निष्पक्ष छानबिनका लागि भन्दै सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनीमाथि लागेको आरोप जबर्जस्ती करणीको हो । कानूनले श्रीमती नै भएपनि सहमति विना जबर्जस्ती गर्नु अपराध मानेको छ । तर पद र पहुँचको भरमा अर्काकी श्रीमतीलाई जबर्जस्ती गर्नु त जतिसुकै ठूलो पदको भएपनि अपराधी हुने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् ।

सभामुखले अन्तर्राष्ट्रियस्तरमैँ बेइज्जत गरेको उनको भनाइ छ । उनका अनुसार यति उच्च पदस्थ व्यक्ति बलात्कारमा मुछिएको यो नेपालकै आधुनिक इतिहासमा सम्भवतः पहिलो घटना हो । उनले भने–‘यो त अन्तर्राष्ट्रिय लज्जाको विषय हो । ’ उनका अनुसार बलात्कार जस्ता घटनामा प्रहरी घटनास्थल पुग्नु नै उजुरी हो । ‘

अब प्रहरीले प्रमाण संकलन गर्नुपर्छ । क्राइम सिनले यो बोलेको छ ।’ उनले बताए । उनी अगाडि भन्छन् –‘बलात्कारमा महिलाको भनाइ नै ठूलो प्रमाण हो ।’ आरोप प्रमाणित भए महरालाई कस्तो सजाय हुन्छ त ?

उनी भन्छन –‘१० वर्ष ।’ अब महिलाको गोपनीताको पनि संरक्षण गर्नुपर्छ । ‘यस्ता घटनामा पीडित बढी असुरक्षित हुन्छन् । सरकारले सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ । ’ उच्च अधिकारीले प्रकारान्तरमा घटना ढाकछोप गराउन खोज्लान् नि ?‘त्यो ठूलो दुर्भाग्य हो । पद र पहुँचले कानून किन्न सक्दैन । ’
त्रिपाठीसँगको विस्तृत अन्तर्वार्ता :

 

सभामुख महरा प्रकरण

विशेष