News Breaking News समाज देश

सभामुख महरामाथि यौन दुर्व्यवहार प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान, प्रमाणकाे रुपमा लियाे यस्ता बस्तु!

सभामुख महरामाथि यौन दुर्व्यवहार प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान, प्रमाणकाे रुपमा लियाे यस्ता बस्तु!

काठमाडौं– यौन दुर्व्यवहार गरेको आरोप खेपिरहेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिए लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ।

उनले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेमार्फत् राजीजामा दिए लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको हाे। महाराले सत्य तथ्यको छानबिन सहज तरिकाले  होस् भन्ने हिसाबले आफुले राजिनामा दिएको बताएका छन।  

यौन दुर्व्यवहार भएको भनिएकि महिलाको कोठामा रहेका सामानहरु प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। सभामुख महरामाथि एक महिला कर्मचारीले बलात्कारको संगिन आरोप लगाएकी छिन्।

‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य निश्पक्ष र स्वतन्त्र छानविनका लागि अअनुसन्धान गर्न सहज होस भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रकृया नसकिदासम्मका लागि राजीनामा दिएको छु,’ महराको राजीनामामा भनिएको छ ।  
 

सभामुख महरा प्रकरण

विशेष