महरालाई मुटुमा गम्भीर समस्या, सिसियुमा सारियो

महरालाई मुटुमा गम्भीर समस्या, सिसियुमा सारियो

काठमाडाैँ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ । साथै सिसियु अर्थात क्रिटिकल केयर युनिटमा सारिएको छ ।

१० दिनअघि उच्च रक्तचापका कारण नर्भिक अस्पताल भर्ना गरिएका महराको स्वास्थ्यमा समस्या भएपछि थप उपचार थालिएको हो । उनलाई जनरल वार्डवाट सीसीयू कक्षमा भर्ना गरेर एन्जिओग्राम गरिएको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ । शुक्रबार उनको रक्त्तचापसमेत बढेको अस्पताल स्रोतले जनाएको छ ।

महराको मुटुको देब्रेपट्टि केही समस्य देखिएकाले थप उपचार र परीक्षण भइरहेको अस्पतालले जनाएको छ । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि जबरजस्ति करणी प्रयासको आरोप लगाउँदै किटानी जाहेरी दिएपछि महरालाई असोज १९ मा प्रहरीले पक्राउ गरेको थियो । उच्चरक्तचापको समस्य देखिएपछि गत असोज २३ गते महरालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

दसैं विदाकै क्रममा पक्राउ परेका महरालाई नौ दिनपछि सरकारी वकिलको कार्यालयमा उपस्थित गराएपनि स्वास्थ्यको कारण देखाउँदै महराले बयान दिन इन्कार गरेको बताइएको छ ।  

संम्बधित खबर

विशेष