ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओली

ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच जराएका छन् ।

शुक्रबार दिनभर लगाएर धापासीस्थित ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीले स्वास्थ्य जाँच गराएका हुन् । स्राेतका अनुसार बिहान ९ बजे अस्पताल पुगेका प्रधानमन्त्री ओली साँझ मात्र बालुवाटार फर्किएका थिए ।

फलोअपका लागि प्रधानमन्त्री अस्पताल पुगेको र रिपोर्टहरु आउँन बाँकी रहेको उनका निजी चिकित्सक दिव्या सिंह शाहले बताएकी छन् । प्रधानमन्त्री ओली गत भदौमा दुई हप्ता लामो उपचारपछि २० गते स्वदेश फर्किएका थिए । त्यसअघि साउनमा पनि उपचारका लागि ९ दिन सिंगापुर बसेका थिए ।

संम्बधित खबर

विशेष