सांसद पार्वत गुरुङलाई साधारण तारखेमा रिहा
काठमाडौं – जिल्ला अदालत काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंले ३५ दिने म्याद जारी गरेको थियो।
अदालतमा म्याद जारी गरेपछि सांसद गुरुङले आइतबार अदालतमा उपस्थित भएर बयान दिएका थिए। उनको बयान सकिएपछि साधारण तारेखमा छाड्ने आदेश दिएको जिल्ला अदालतले जनाएको छ।
अदालतले जारी गरेको म्ययाद जिल्ला प्रहरी कार्यालय दोलखाले तामेली गरेको थियो। सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले म्याद जारी गरेको थियो। उनीहरूमाथि निर्वाचनका समयमा एक व्यक्तिमाथि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको भन्दै मुद्दा दायर भएको थियो।