News

महरालाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

महरालाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं – बलात्कारको प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।  महरामाथि अनुसन्धान गर्न अदालतले अझै ५ दिन थुनामा राख्न अनुमति दिएको हाे

अदालतले प्रहरीलाई घटनाबारे थप अनुसन्धानका लागि समय दिएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। प्रहरीले घटनाबारे महरासँग अझै बयान पूर्ण गर्न सकेको छैन। बिरामी परेको भन्दै अस्पताल भर्ना भएपछि बयानको प्रक्रिया लम्बिएको हो।

संसद सचिवालयका महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो। उनलाई सन्चो नभएपछि अस्पताल भर्ना गरिएको हो।

यसअघि असोज २८ गते जिल्ला अदालतमा उपस्थित गराएका महरालाई  ३ दिन म्याद दिइएको थियो। महराविरुद्ध संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन्। 

विशेष