पोखरीमा डुबेर बालिकाको ज्यान गयो
सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिका परियार रहेको प्रहरीले जनाएको छ।
शनिवार घर नजिकै रहेको पोखरीमा नुहाउन गएको र पोखरीमा नै बेपत्ता भए पछि बालिकालाई प्रहरी र स्थानीय वासी मिलेर खोजी गरेका थिए। खोजि गर्ने क्रममा उनि मृत फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन।