जम्मु कश्मिरमा गोलाबारी , दुई सैनिक जवानको मृत्यु
पाकिस्तानमा शनिवार भएको गोलाबरीमा परी दूई सैनिकको मृत्यु भएको छ भने उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाएका छन। साथै यस गोलाबरीमा परि अन्य ३ जना सर्वसाधारण घाइते भएका छन।
सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको अधिकारीहरुले जनाएका छन।
गत १५ सेप्टेम्बरमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले यस वर्षमात्र पाकिस्तानले २०५० भन्दा बढी पटक युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका थिए । यसमा २१ नागरिकले ज्यान गुमाइसकेका छन् । युद्धविराम उल्लंघनमा आतंकवादीको घुसपैठ पनि शामेल छ ।