परिक्षामा हुने चोरी रोक्नका लागि एक निजी कलेजले अपनायो यस्तो उपाय, तस्बिरमा ........
परिक्षामा चिट चोर्ने कला प्राय बिद्यार्थीमा हुन्छ नै तर यो रोक्नका लागि शिक्षकले हर प्रयास गर्छन र पनि बिद्यार्थीहरु एक अर्काको नक्कल गर्न र चिट चोर्न पछि हट्दैनन्। यसैमा भारतको कर्नाटक राज्यको एक स्कुलमा बिद्यार्थीलाई नक्कल गर्नबाट बच्नका लागि अनौठोको उपाय अपनाईएको छ।
भारतको कर्नाटक राज्यस्थित हावेरी प्रान्तमा रहेको भगन प्रि–युनिभर्सिटी कलेजले बिद्यार्थीले परिक्षामा अरुको नक्कल नगरुन भनेर टाउको ढाकिने गरी कार्टुनको डब्बा लगाइदिएको छ। पछिल्लो समय यो तस्बिर र उपायको चर्चा सारा फैलिरहेको छ।
मिडिया रिपोर्टका अनुसार यो निजी कलेजमा पछिल्ला वर्षहरुमा निक्कै परिक्षामा चोरी भएको थियो । त्यसैलाई मध्यनजर राखेर कलेज प्रशासनले यो पटक चोरी रोक्नको लागि यो तरिका अपनाएको बताईएको छ।
यस घटनाको तस्बिर बाहिरीएसंगै जिल्लाको शिक्षा प्रसाशन भने यस कलेजदेखि रुष्ट बनेको छ। कर्नाटक सरकार अन्तर्गतको शिक्षा विभागका डेपुटी डाइरेक्टर एसएस पिराजेले यस सम्बन्धमा कलेजसँग प्रश्न गरिएको जानकारी दिएको छ।