सांसद आलमलाई थप ५ दिन थुनामा राख्न अनुसन्धान गर्न अदालतको आदेश
काठमाडौं– सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई थप अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ।विभिन्न व्यक्तिलाई जलाएर मारेको अभियोगमा १२ वर्षपछि पक्राउ परेका आलमलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको हाे।
आइतबार न्यायाधीश चाणकमणि अर्यालको इजलासले ५ दिन थुनमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। यसअघि अदालतले ७ दिन थुनमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो।
आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते ९आइतबार० रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। विष्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन्। उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ।