News

'ओशोको समाधि नष्ट गर्यो भन्ने भ्रम नेपालमा फैलिइयाे'

'ओशोको समाधि नष्ट गर्यो भन्ने भ्रम नेपालमा फैलिइयाे'

स्वामी प्रेम समार्थ हाल सालै पुना पुगेर आएका छन्। उनले पुनामा रहेको ओशोको समाधि नष्ट गर्यो भन्ने भ्रम नेपालमा फैलाइएको बताए। उनले त्यहाँ गएर पूरै  ३ दिन ओशो इन्टरनेशनल रिसोटमा ध्यान साधनको लागि बिताउने क्रममा सो कुरा पत्ता लगाएका हुन्।

उनले तीन दिन बस्ने क्रममा जस्तो अनुभव गर्नु भयो उनको शब्द जस्ताको त्यस्तै:

कोरोगाव पार्क लेन नं १ , पुनेमा अवस्थित ओशो इन्टरनेशनल रिसोर्टमा जब ३ दिनको ध्यान साधनको लागि सहभागी हुने मौका मिल्यो आफुलाई निकै आनन्दित पाए।  सद्गुरुले बर्षौं बिताउनु भएको प्रकृतिले सम्पन्न त्यो ठाउँ र बिशाल पिरामिड आकारमा बनाइएको ओशो अडिटरियमले मेरो ध्यानाकर्षण गरायो।  इन्ट्री पास लिएर भित्र पस्नासाथ एक अनौठो किसिमको उर्जाले मलाई आर्कै संसारमा पुर्यायो।  

त्यो ओसो गार्डेन तिर जब मेरा पाईलाहरु अघि बढ्दै थिए त्यति नै मेरा विचारहरु कम हुन थाले।  एक किसिमको गहिरो शान्तिले मलाई घेरिरहेको थियो।  हृदयमा विभिन्न प्रकारका फुलहरु बिस्तारै फक्रिरहेको जस्तो अनुभूति हुन थाल्यो।  सद्गुरुले एक संगीतपूर्ण र होसपूर्वक तरिकाले उक्त ठाउँमा टेकेका पाइलाहरुलाई महसुस गर्दै गर्दा त्यो पवित्र भूमिलाई चुम्बन गर्न मन लग्यो।  मा बिस्तारै अगाडी बढिरहेको थिए।  मेरा आँखा ओशो चुङ्ग जु अडिटरियम भित्र पसे।  केहि परबाट ओशोको २४०१ नं प्लेटको रोल्स रोयस कार देखियो।  कति सफा दोरुमा राखिएको भर्खरै लन्च भएको जस्तो। 

हल बन्द रहेकाले भित्र जान सकिएन।  दोस्रो दिनको बिहान ओशो डाईनामिक मेडिटेसन सकेर जब ७:३० देखि ८ :३० सम्मको साइलेन्ट सिटिंग रुममा सहभागी हुन सन्यासी मित्रहरुसंग अगाडी बढें।  अहिले भने 'ओशो चुङ्ग जु अडिटरियम' को मूल ढोका खुला गरिएको थियो।  भित्र सफा मोजा लगाएर जानुपर्ने रहेछ।  मसंग थिएन त्यहि राखेको मोजा लगाएर भित्र पसे।  अहिले चाही ओशोको रोल्स रोयस नजिकैबाट हेर्ने मौका पाए। साच्चिकै भन्नु पर्दा पृथ्वीमा कुनै स्वर्ग छ त यहि छ।  ओशोले अध्ययन गर्नु भएको बिशाल लाइब्रेरी हेर्दै आनन्द लिदै गर्दा नजिकैबाट ओशो बस्ने कुर्सी देखे 'वाह' शब्द मुखबाट फुस्कियो।  हलभित्र गएँ केहि सन्यासीहरु मौन बसिरहेका थिए।  म पनि एउटा ठाउँ रोजेर बसे मेरो अगाडी ओशोको कलात्मक सानो प्रतिमासहितको ओशोको समाधी थियो जसको नजिकै अगाडी ठुलो सिसामा लेखिएको छ'ओशो नेभर बर्न , नेभर डाईड , वन्ली भिजिटेड अन दिस प्लानेट अर्थ बिटविन डिसेम्वर ११ १९३१ जनवरी १९९०'( Osho Never Born m Never Died, only visitesd on this palanet earth between Dec 11 1931- Jan 1990 )  त्यो ठाउँ देखेर दंग परे कति सिर्जनात्मक तरिकाले त्यसको निर्माण गरिएको छ।  एक घन्टाको लागि मेरा आँखाहरु आफसे आफ बन्द भए।  उर्जाले घनिभूत त्यो ठाउँभित्र मौनको सराब पिउदै गर्दा कति छिटो १ घण्टा बितेछ पत्तै पाईन। 

तर , बिडम्बनापूर्ण कुरा के छ भने नेपालमा सद्गुरुको त्यो पवित्र ठाउँलाई लिएर दुष्प्रचारात्मक कार्य भईरहेको छ।  ओशो इन्टरनेशनल परिसर भित्र ड्रग्स, नन भेज आइटम, मदिरा लैजान खान सख्त मनाही गरिएको छ जुन कुरा हामीलाई पनि वेलकम प्रोग्राममा पनि अवगत गराइएको थियो।  पुनाले ओशोको समाधि भत्कायो नष्ट गर्यो भन्ने भ्रम नेपालमा फैलिरहेको छ।  तर मेरो आँखाले जे देख्यो त्यो शब्दमा बयान गर्न सकिदैन।  पुनाले ओशोको समाधि मात्र होइन ओशोको बाबु आमाको समाधिलाई पनि राम्रो स्थान दिएर राखेको छ।  ओशोको ओशो कुण्डलिनी , ओशो एवेनिंग मिटिंग अनिवार्य गर्नु पर्छ।  धेरै प्रकारका ध्यानका बिधिहरु रहेछन जसलाई सिक्ने मौजा पनि पाइयो तर सबैलाई ब्याख्या गर्न यहाँ सम्भव छैन।  जब एवेनिंग मिटिंगमा हजारौं सन्यासीको बिचमा जब आफु पनि संलग्न रही डान्स , सेलिब्रेसन गर्न पाउदा , ओशोको भिडियो हेर्न पाउदा आफु अर्कै जगतमा छु जस्तो भन भयो।  

 ठिक ६ : ४० मा सुरु हुने ओशो एवेनिंगको बारेमा ओशो यस्तो भन्नुहुन्छ "जो कहा नही जा सकता उसका अनुभव करना पढता हैं।  यह एक महत अनुभव है अन्तरजात मै प्रवेश करनेका इस सभा मैं कुछ इसा अनुभव होता हैं जिसका कोहि ब्याख्या नही कर पाया।  संध्य सभा मेडीटेसन रिजोर्ट मै काम करने , ध्यान करने अथवा सामुहिक थेरापीलाराने का एक सर्वोच्च शिखर है।  "

विशेष