महराको राजनीतिक भविष्य नै अन्योलमा !

महराको राजनीतिक भविष्य नै अन्योलमा !

काठमाडौँ , महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप पछि राजिनामा दिएका सभामुख कृष्णबहादुर महराको राजनीतिक भबिष्य अन्योलमा परेको छ। 

संसदमै कार्यरत कर्मचारी रोशनी शाहीले आइतवार राती आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि नेपाल कम्यिनिष्ट पार्टी (नेकपा) ले नै उनलाई राजिनमा दिन लगाएको थियो।  मंगलवार बिहान ११ बजे बसेको पार्टी सचिवालय बैठकमा उपस्थित भएका सबै सदस्यले महरा पदीय हैसियतले पनि महिला एक्लै भएको स्थानमा पुग्नु नै गलत भएको ठहर गरेका थिए।  

नेकपा सचिवालय बैठकअघि मंगलवार बिहान ९ बजे प्रधानमन्त्री केपी ओलीले प्रहरी महानिरिक्षक ( आइजीपी ) सर्वेन्द्र खनाललाई बोलाएका थिए।  महानगरीय वृत्त लैनचौरको नया भवन शिलान्यास गर्न पुगेका आईजीपी खनाललाई बोलाएर ओलीले घटनाको सबै बिबरण लिएका थिए।  उनले ति महिलाको कोठामा जाने रुटको सिसिटिभी फुटेज समेत मगाएर हेरेका थिए।  

यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्की र इश्वरी सुबेदीले लेखेका छन।  

सभामुख महरा प्रकरण

संम्बधित खबर

विशेष