News

अर्थमन्त्री खतिवडा भारत प्रस्थान

अर्थमन्त्री खतिवडा भारत प्रस्थान

काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडा भारततर्फ प्रस्थान गरेका छन्। भारतको नयाँदिल्लीमा अक्टोबर ३ र ४ मा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री खतिवडा त्यसतर्फ प्रस्थान गरेका हुन्।

अर्थमन्त्री खतिवडाले दक्षिण एसियाको आर्थिक परिदृश्य विषयमा अतिथि वक्ताका रुपमा कार्यक्रममा सम्बोधन गर्ने बताइएको छ। उनले नेपालको विकास एजेन्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधारलगायतका विषयमा सहभागीलाई जानकारी गराउने कार्यक्रम रहेको छ। 

यस्तै विश्वका आर्थिक क्षेत्रका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ। भ्रमणका अवसरमा अर्थमन्त्री डा. खतिवडा र भारतीय समकक्षी अर्थमन्त्री निर्मला सितारमणबीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ।उनीहरुबीच पछिल्लो आर्थिक स्थिति, नेपाल–भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुनेछ।

विशेष